३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने एमालेको निर्णय



काठमाण्डौ ।

सत्तारुढ नेकपा एमालेले राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित पार्टी सङ्गठन गतिशील बनाउन र नागरिकसँग जोडिन भन्दै सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

काठमाण्डौमा भएको प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इन्चार्ज, अध्यक्ष र सचिवको दुईदिने कार्यशालाले सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने निर्णय गरेको हो । सङ्घ, प्रदेश र पालिका सरकारका कामकारबाहीलाई नागरिकसँग जोड्ने र त्यसका लागि पार्टी सङ्गठन सक्रिय बनाउने कार्यक्रम एमालेले तय गरेको छ ।

माघदेखि ३ महिने वडाकेन्द्रित अभियान सञ्चालन हुने एमालेले जनाएको छ । राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै ‘जनतासँग जनसङ्गठन अभियान’ सञ्चालन गर्ने सङ्कल्प पनि लिएको छ ।

युवालाई पार्टीमा जोड्ने नीति लिँदै चैतसम्ममा राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय पनि राष्ट्रिय कार्यशालाले गरेको छ । एमाले नेतृत्वविरुद्ध घेराबन्दी, आक्रमण भएको जनाउँदै त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १ पुस २०८१ सोमबार ००:००  ८ : २३ बजे