२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

कपिलवस्तुमा पत्रकारका चार संगठन एक ठाउँ, अध्यक्षमा पाण्डे उम्मेदवार



मायादेवी अनलाइन, बाणगंगा ।
यहीँ मंसीर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघ कपिलवस्तुको निर्वाचनमा पार्वती पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

प्रेस चौतारी नेपालकी केन्द्रीय नेता रहेकी पाण्डेलाई नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रगतीशिल पत्रकार संघको समर्थन रहेको छ ।

चार संगठनबाट अध्यक्षको उम्मेदवार रहेकी पाण्डे जिल्लामा दुई दशकदेखि पत्रकारीतामा क्रियाशिल छिन् ।

बुद्धदर्पण दैनिकको समाचार सम्पादक समेत रहेकी पाण्डेको प्यानलबाट उपाध्यक्ष खुलामा खगप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् । नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति समेत रहेका चापागाईँ समेत दुई दशक देखि पत्रकारितामा सक्रिय छन् ।

उपाध्यक्ष महिलामा समाजवादी प्रेस संगठन नेपाल कपिलवस्तुकी सचिव दीपा महत सर्वसम्मत चयन भएकी छिन् भने यही प्यानलबाट सचिवमा प्रेस युनियनका गुरुदेव पौडेल उम्मेदवार बनेका छन् ।

सहसचिव खुलामा कृष्ण प्रसाद पौडेल उम्मेदवार छन् भने सहसचिव (समावेशी) मा नारद कोहार उम्मेदवार छन् । दुबै उम्मेदवार प्रेस युनियनका हुन् ।

कोषाध्यक्षमा मोहन बेल्वासेको उम्मेदवारी परेको छ । बेल्वासे निवर्तमान कोषाध्यक्ष समेत हुन् । उनी प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष समेत हुन् ।

यस्तै यही प्यानलबाट सदस्य (खुला) मा अशोक पौडेल, बासुदेव बर्मा, बाबुराम रायमाझी, अनिल मल्लले उम्मेदवारी दिएका छन् ।

सदस्य (महिला) मा गीता पौडेल, सदस्य (मधेसी) मा अनिल माली, सदस्य (समावेशी) मा शिव कुमार ढाढी उम्मेदवार छन् ।

सदस्य (दलित) मा रामप्रघट कोरी, सदस्य (आदीवासी जनजाती) मा सोन कुमारी चौधरी सर्वसम्मत चयन भइसकेका छन् ।
केन्द्रीय पार्षदमा सुशीला बेल्वासे, अराज बेल्वासे, शीतल आचार्य उम्मेदवार छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१ बिहिबार ००:००  ७ : ०८ बजे