११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

आठ महिनामा १० लाख अफगान शरणार्थी स्वदेश फर्किए



एजेन्सी ।

आठ महिनायता इरान, पाकिस्तान र टर्कीबाट नौ लाख ७० हजार अफगान शरणार्थी मातृभूमि फर्किएका छन्।

शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार उनीहरूमध्ये करिब ८८ हजार पाकिस्तानी, करिब पाँच हजार टर्की र बाँकी इरानबाट फर्किएका हुन्।

मन्त्रालयले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार करिब ७० लाख अफगान शरणार्थी विदेशमा बस्दै आएका छन्। यसमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा रहेका छन्।

अफगान कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई विदेशमा शरणार्थीको रूपमा बस्न बन्द गर्न र युद्धले क्षतिग्रस्त आफ्नो देशको पुनर्निर्माणमा योगदान दिन स्वदेश फर्किन बारम्बार आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१ सोमबार ००:००  ७ : ४० बजे