११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



बुटवल ।
रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका-८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो ।

रुपन्देहीको मायादेवी-६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा-११ गणेशनगरमा इँटा पुर्‍याइ फर्किने क्रममा दुर्घटना हुँदा चालक कुर्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।

ट्याक्टर सडक छाडेर कल्भर्टको दायाँतर्फ गुड्दा दुर्घटना भएको देखिएको प्रहरी निरीक्षक नेपालीले बताए । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान हुने उनले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८१ आइतबार ००:००  १० : २० बजे