११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

पत्रकार महासंघको चुनावः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन



काठमाडौं ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्वाचन अन्तरगत शनिबार अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। आज बिहान ११ बजेसम्म दाबी विरोध गर्न र मनोनयन फिर्ताको समय तोकिएको छ।

बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। महासंघको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन्। कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह ९एलएस० लामाको उम्मेदवारी परेको छ।

गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन्। शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन्। त्यसैगरी, विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ। चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन्। पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन्। उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ।

महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल, लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ। ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। मतदान यहि मंसिर २८ गते बिहान १० बजेदेखि ४ बजे सम्म हुँदैछ।

प्रकाशित मिति : २२ मंसिर २०८१ शनिबार ००:००  ८ : ३७ बजे