११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

फेरि बढ्यो अण्डाको भाउ



काठमाण्डौ ।

अण्डाको भाउ फेरि बढेको छ । आजदेखि लागू हुने गरी अण्डाको भाउ बढेको हो । ठूलो अण्डाको फाम मूल्य प्रतिक्रेट अर्थात् ३० वटाको चार सय ७० र मझौलाको चार सय ५५ रुपैयाँ कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको भाउ बढेको बताउनुभयो । उहाँका अनुसार यसअघि अण्डाको भाउ पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो । भाउ बढेपछि किसान भने उत्साहित बनेका छन् ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको भाउ बढेको बताउनुभयो । उहाँका अनुसार दैनिक २२ लाख गोटा हाराहारीमा अण्डा उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१ शनिबार ००:००  ८ : २४ बजे