१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पर्यटकीय क्षेत्रको विकासमा पूर्वाधार आवश्यक छ : मन्त्री पाण्डे



हरि अधिकारी, वाणगंगा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कपिलवस्तुका पर्यटकीय सम्पदाहरू ओझेलमा परेको अवस्थामा यी महोत्सवले उजागरमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
१५ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री पाण्डेले हाम्रो राष्ट्र, संस्कृति र पर्यटनका हिसावले धनी भएकाले यसको संरक्षण र सम्वर्धनका लागि सरकारले जोड दिईरहेको बताए ।
हाम्रो संस्कृति र पर्यटनलाई बढावा दिन पूर्वाधार विकासलाई प्रवर्धन गर्दै पर्यटनमैत्री बनाउन अावश्यक भएको बताएका थिए । पर्यटकीय स्थल पोखरा, लुम्बिनी, तिलाैराकाेट, काठमाण्र्डौ लगाएतका ठाउँमा सडक, पूर्वाधार विकास र पर्यटन मैत्री वातावरण निर्माण गर्न आवश्यकतामा जाेड दिए ।
शान्तिको खोजीमा विश्वका मानिसहरु लुम्बिनीमा आउने भएकाले यसको विकासमा जोड दिइएको उनले जानकारी दिए । बुद्धको सन्देश फैलाउन बुद्ध जन्मस्थलबाट सकिने बताउदै एकपटक घुम्न आएका पर्यटकलाई पटक पटक र नआएकालाई एकपटक आउने बातावरण बनाउन जोड दिनुपर्ने बताए । सोही अवसरमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई अगाडि बढाएर देशको पर्यटन क्षेत्र विकास गर्न सकिने बताएका छन् । मन्त्री पाण्डेले निजी क्षेत्रको अगुवाइ विना पर्यटन विकास असम्भव रहेको बताए । निजी क्षेत्रसहित विदेशी र गैरआवासीय नेपालीको लगानी आवश्यक रहेको उनको भनाइ छ ।

लुम्बिनी विश्व शान्तिको केन्द्र भएको भन्दै उनले कपिलवस्तुका नागरिकले पर्यटकलाई गर्ने व्यवहार र स्वागत सत्कारमा बुद्ध शैली अवलम्बन तथा बुद्धत्व झल्कनुपर्ने बताए । तिलौराकोट छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको समेत उनले बताए । मन्त्री पाण्डेले यसबाट कपिलवस्तु सहित बुद्धस्थलको विकास अगाडि बढ्ने बताए ।

संघीय सांसद तथा पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुको पहिचान र विकासमा यी महोत्सवले टेवा पुरयाएको बताउदै महोत्सव सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले कपिलवस्तु महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै तिलौराकोट, लुम्बिनी, जगदीशपुर क्षेत्रलाई पर्यटनको केन्द्रको रुपमा विकास गरेर अर्थतन्त्र सुदृढ गर्न सकिने बताए । कार्यक्रम राजनीतिक दल, संघसंस्था तथा उद्योगी व्यवसायीले शुभकामना दिएका थिए ।
कपिलस्तु महोत्सव मुल समारोह समितिका संयोजक तथा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले मेला अवलोकन गरी महोत्सव सफल बनाउन सवैमा आग्रह गरेका छन् । संघका बरिष्ठ उपाध्यक्ष तथा कपिलवस्तु महोत्सवका निर्देशक हुमनाथ पौडेलले स्वागत गर्नुभएको उद्घाटन समारोहमा महासचिव नवदत्त घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

मंसिर १९ गते देखि पौष २ गते सम्म कपिलवस्तुको बुद्धरंगशालामा संचालित महोत्सवमा ३ सय बढि व्यवसायिक स्टलहरु रहेका छन् । मेला अवधीभर २ लाख दर्शक मेला अवलोकन गर्ने र १० करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय कला, संस्कृति प्रवर्द्धनसँगै कृषि आधुनिकीकरण औजार, कृषि, लघु र साना उद्योगका उत्पादनलाई प्राथमिकता दिइएको छ । उद्घाटन शत्रमा विभिन्न कला संस्कृति, भेषभुसामा प्रस्तुती, झाँकी, चेतनामुलक रयाली निकालिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१ बुधबार ००:००  ८ : ४० बजे