बुद्धरंगशाला । आज बुधबार १९ गते देखि सुरु भएर पुष २ गतेसम्म आयोजना हुने १५ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य हुने कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक गणेश बहादुर क्षेत्रीले बताएका छन् ।
महोत्सव तयारी पुरा भएकाे र बुधबार दिउँसो ११ः३० बजे एक विशेष कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।
कपिलवस्तु जिल्लालाई विशिष्ट पहिचान दिलाउन सफल र वि.सं. २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १५ वर्ष पूरा गरेको छ । १५ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक हुमनाथ पौडेलले बताए ।।
तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । मंसिर १९ बाट सुरु हुने महोत्सव पुष २ गतेसम्म चल्ने र महोत्सवमा करिब १० करोड कारोबार हुने र २ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।
विगतका महोत्सवको अनुभवबाट पनि विगतका महोत्सवमा भन्दा आर्थिक कारोबार बढी हुने आयोजकले अपेक्षा गरेका छन् । महोत्सवबाट सकंलन भएको बचत रकम उद्योगी, व्यवसायीको हित साथै सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएका छन् ।
१५ औं कपिलवस्तु महोत्सव कपिलवस्तु वासीको पर्वका साथै जिल्लाको चिनारी पनि भएकोले महोत्सवको अवलोकन गरी सल्लाह र सुझाव दिन संघका पूर्व अध्यक्ष एवम् अनुगमन तथा मूल्याङ्कन समिति संयोजक उमानाथ पौडेलले विशेष आग्रह गरेका छन् । जिल्लामा हालसम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेको इतिहास बाणगंगा वासीले बनाएका छन् ।
यस्तो छ महोत्सवको इतिहास र महोत्सव हाक्ने सारथीहरु
२०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवको पहिलो संयोजकको रुपमा स्थानीय समाजसेवी स्व. शंकर प्रसाद आचार्य रहेका थिए । त्यसैगरी दोस्रो महोत्सव संयोजकमा तत्कालीन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले रहेका थिए ।
तेस्रो महोत्सव संयोजक यस क्षेत्रका चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने युवाहरुको काँधमा रहेको थियो जसमा संयोजक बाणगंगा वेयलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । छैठौ र आठौं महोत्सव संयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले गरेका थिए ।
सातौ, नवौं, एघारौ र १४ औं महोत्सव बाणगंगा वेयलफेयरका अध्यक्ष समाजसेवी युवा राजकुमार खाँणले हाकेका थिए । १० औं कपिलवस्तु महोत्सवको नेतृत्व विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष समाजसेवी उमानाथ पौडेलले गरेका थिए।साेही बेला नेतृत्त्वले महाेत्सवकाे अाम्दानीबाट संघकाे भवन बनाउन सफल भएकाे थियाे ।
वि.सं. २०७७ मा लाग्ने महोत्सवका कोरोनाका कारण स्थगित हुन पुगेको थियो । १२ औं कपिलवस्तु महोत्सव र १३ औं कपिलवस्तु महोत्सवको नेतृत्व कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गरेका थिए । यस्तै १५ औं कपिलवस्तु महोत्सवको नेतृत्व कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले गर्दैछन् ।
कपिलवस्तु जिल्लाको ऐतिहासिक तथा धार्मिक विकास, उद्योग व्यवसायको प्रवद्र्धनका लागि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । १५ औं कपिलवस्तु महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने भएसँगै सुरक्षा व्यवस्था समेत मजबुध बनाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
महोत्सवमा स्थानीय उत्पादन र उद्योग तथा बजारलाई प्रमुख ग्रहयता दिएको स्टल संयोजक मिन थापाले बताए । महोत्सव युवा बुढापाका पुस्ता र बाल बच्चा सवैको मन जित्ने र चाख लाग्दो रहेको आयोजकको दावी छ ।
१५ औं कपिलवस्तु महोत्सवमा १३ औैं कपिलवस्तु डान्स आइडल, महिला बंक्सिङ्ग प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, पशुपतिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।
प्रतिक्रिया