१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पशुपतीनाथ आकृतिमा महाेत्सवकाे प्रवेशद्धार : प्रदेशकै आकर्षक र ठुलो



कपिलवस्तु ।
१५औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । भाेली बुधबार उद्घाटन हुने कपिलवस्तु महोत्सवको मुल प्रवेशद्धार विशेष आकर्षणको रुपमा निर्माण गरिएको छ । १५ औं संस्करण सम्म आइपुग्दा यसवर्षको मुल प्रवेशद्धार ऐतिहासिक महत्व बोकेको अहिले सम्मकै आकर्षक र ठुलो रहेको कपिलवस्तु उद्योग वाणिज्य संघका मंच तथा सचिवालय व्यवस्थापन समितिका संयोजक इन्द्र पोखरेलले जानकारी दिए । उनले लुम्बिनी प्रदेश भरी लाग्ने मेला महोत्सव भन्दा ठुलो र आकर्षक गेट निर्माण गरेको दावी गरेका छन् ।

आफुले निकै मेहनतका साथ विभिन्न ठाउँको अध्ययन अवलोकन गरी १५ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षकको रुपमा पशुपतीनाथ मन्दिरको आकृतिमा मुल गेट निर्माण गरिएको संयोजक पोख्रेलले बताए । महोत्सवको मुल गेट ८।३० फीट रहेको छ । पशुपतीनाथ मन्दिरको आकृतिमा रहेको मुल गेटको माथी गजुर र शिवजीको डिजिटल मूर्ति सजाइएको छ ।
यसपटक महोत्सवको सचिवालय निर्माण र मंच व्यवस्थापनमा पनि फरक र नयाँ पन दिइएको छ । विगतका वर्षहरुमा पनि मुल गेट, सचिवालय निर्माण र मंच निर्माणमा आयोजकले विशेष चासो दिई फरक फरक अवधारणामा निर्माण गर्ने गरेकाे थियाे । यसवर्ष भिन्नै खालको मुल गेट, सचिवालय निर्माण र मंच व्यवस्थापनमा जिम्मेवारी पाएकाे संयोजक पोख्रेलले जानकारी बताए । महोत्सव मुल समारोह समितिका अनुगमन मूल्याकंन संयोजक तथा संघका पूर्व अध्यक्ष उमानाथ पौडेलले संयोजक पोख्रेलको मेहनत अनुसारको नतिजा राम्राे देखिएकाले प्रशंसा समेत गरे । त्यस्तै संघका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद न्यौपानले यसवर्षको महोत्सवको मुलगेट नौलो र विशेष महत्वको रहेको बताए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर अवस्थित बुद्धरंगशालामा हुदैं छ । यही मंसीर १९ गतेदेखि पुष २ गतेसम्म १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । यही मंसीर १९ गते नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१ मंगलबार ००:००  ६ : २४ बजे