कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा कुल ६९ दशमलव ३९ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार उपनिर्वाचनमा ३ हजार ३७९ मत खसेको हो।
सो वडामा कुल ६ हजार ८६८ मत छ। ३ मतदान स्थलको ६ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो। राति ८ बजे पछि मतदान हुने गरी तयारी गरिएको छ। ६ वटा मत पेटिका मतगणना स्थल पतरिया स्वास्थ्य चौकी पुगी सकेको छ।
निर्वाचन शान्ति पूर्वक सम्पन्न भएको प्रजिअ विश्व प्रकाश अर्यालले बताए। काङ्ग्रेस र एमाले बिच नै कडा टक्कर रहने मतदाता बताउँछ्न्। वडा अध्यक्ष तिलक राम यादवको निधन भए पछि निर्वाचन भएको हो।
प्रतिक्रिया