१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

रोल्पामा ढिस्कोले पुरिएर एउटै गाउँका ५ जनाको ज्यान गयो



काठमाण्डौ ।

रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको छ । सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको हो ।

ढिस्कोले पुरिएर सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम परियार, ४० वर्षकी सुवित्रा परियार र २७ वर्षकी आइती परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ढिस्कोमा अरू पनि पुरिएको शङ्कामा खोजी भइरहेको छ । पुल निर्माणका लागि खाल्डो खनेर खाल्डोभित्र पर्खाल लगाउने क्रममा ढिस्को झरेको प्रहरीले जनाएको छ ।

एउटै गाउँका पाँच जनाको ज्यान गएपछि बाहिरीगाम शोकमा डुबेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१ आइतबार ००:००  २ : २१ बजे