१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीको छत्रदेवमा बजार अनुगमन, म्याद गुज्रेका खाद्य बस्तु नष्ट



सन्धीखर्क । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेको नेतृत्वमा बजार अनुगमनलाई तीव्रता दिइएको हो । 

आइतबार प्रमुख प्रशासकीय अधिकृत पाण्डेको नेतृत्वमा गाउँपालिका भित्रका वार्ड नं. २ र ४ का विभिन्न पसल तथा होटलहरुमा अनुगमन गरिएको छ। अनुगमन टाेलीले होटल, गल्ला किराना, फेन्सी-कपडा, फलफूल तरकारी तथा मासु पसल लगायतका पसलहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार अनुगमनको क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरिएको र म्याद गुज्रेका खाद्य सामाग्रीहरु राखिएको भेटिएकोले उक्त खाद्य बस्तु नष्ट गरिएको थियो । 

उपभोक्ताले आफुले खरिद गर्ने समानको सबै जानकारी लिएर मात्रै खरिद गर्न सचेत रहन आग्रह गर्न गर्नुभयाे । उहाँले खाद्यान्न गुणस्तरीयता बारेमा विद्यालयका सबै विद्यार्थीलाई जानकारी दिने गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

यसरी दर्ता नगरी सञ्चालन गरेका व्यवसायीहरुलाई ७ दिन भित्र दर्ता गर्न आग्रह  गरिएको छ । अबैधरुपमा राखिएको मदिरा नियन्त्रणमा लिइएकाे छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका नायब सुब्बा रबिन ज्ञवाली, छत्रदेव गाउँपालिका घरेलु शाखा प्रमुख कृष्ण प्रसाद पन्थी, कम्प्युटर अधिकृत शिव बर्मा, बल्कोट प्रहरी  प्रमुख भेषलाल बुढाथोकी लगाएतको सहभागी रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१ सोमबार ००:००  ८ : ०९ बजे