कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा प्रगतीशील पत्रकार संघ कपिलवस्तुले लगाएको ताला यथावत रहेको छ ।
प्रगतीशील पत्रकार संघले एक प्रेस विज्ञप्ती जारी गरी महासंघ कार्यालय तौलिहवा शाखाको तालाबन्दी यथावत रहेको जनाएको हो । सहसचिव केर सिंह अदैद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा नेपाल पत्रकार महासंघले स्थापनाकाल देखि नै शुद्धिकरण अभियान संचालन गर्नु स्वागतयोग्य कदम भएको जनाइएको छ ।
यसअघि सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभामा प्रगतीशील पत्रकार संघले सदस्यता शुद्धिकरण अभियान चलाउन जोडदार माग गरेका थियो ।
जस अनुसार हाल देशभरि नै सदस्यता शुद्धिकरण अभियान चलिरहेको अवस्थामा कपिलवस्तुमा शुद्धिकरणका नाममा श्रमजिवी पत्रकार, क्रियाशील पत्रकार, मिसन पत्रकारिता र संस्था स्थापनामै योगदान पुर्याएकालाई वेवास्ता गरेको आरोप छ ।
यस्तै क्रियाशील श्रमजीवी पत्रकारको नाम छुटाउने, एकै प्रकृतिका व्यक्तिलाई दोहोरो मापदण्ड अनुसार सदस्यता सिफारिस गर्ने र छुटाउने तथा केन्द्रले विभिन्न समयमा जारी गरेका सदस्यता नामावली सूचीमा आफू अनुकूल सदस्य थप्ने कार्य गरेको गरेको जनाइएको छ ।
यसलाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले जारी गरेको सर्कुलर र निणर्य कार्तिक ३० गतेसम्म शाखामा छलफल गरि अन्तिम टुंगो लगाउने भनेपछी वार्ता र छलफलविनै पुरानै गल्ति दोहार्याउनु अर्थपुर्ण नरहेको जनाईएको छ ।
सदस्यता शुद्धिकरणका आधारभूत मान्यता विपरित गरिएका शुद्धिकरण खारेज गरि वातस्तविक शुद्धिकरण गर्न तथा विभेदरहित वातावरण तयार गरि वार्ता र छलफल मार्फत टुगोंमा पुग्नुको साथै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न प्रगतीशील पत्रकार संघ कपिलवस्तुले जोडदार माग गरेको छ ।
यता प्रगतीशील पत्रकार संघका जिल्ला अध्यक्ष मोहन बेल्वासेले महासंघ सवैको साझा संगठन भएको भन्दै लोकतान्त्रिक विधि र पद्धती अनुसार माग राखेका असन्तुष्ट समुहहरुलाई वार्ता र छलफलबाट समाधान खोज्नुको साटो नेतृत्वले मनपरि गर्न खोज्नु गम्भिर गल्ती भएको बताए ।
यस अगाडी प्रगतीशील पत्रकार लगाएत ४ संगठन र अन्य संगठनहरुले २०८१ जेष्ठ २३ गते संयुक्त रुपमा तालाबन्दी गरेका थिए ।
प्रतिक्रिया