मायादेवी अनलाइन, बूद्धभूमि ।
कपिलवस्तुको बूद्धभूमि नगरपालिका २ गोरुसिंगेमा चौथो बुद्धभूमि कृषि ब्यापारिक, सांस्कृतिक पर्यटन तथा औधोगिक महोत्सव सुरुभएको छ । बिहिबार भब्य कार्यक्रमका बीच महोत्सव उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा विभिन्न समुदाय तथा जातजातीले आफ्नो भेषभूषासहित नृत्य प्रस्तुत गरेका थिए । यस्तै विभिन्न विद्यालयले मार्च गरेका थिए भने बसन्तपुर आमा समुहले पञ्चेबाजा सहित गोरुसिंगे देखि महोत्सव स्थल परिक्रमा गरेका थिए ।
कार्यक्रममा विभिन्न झाकी, मयुरनाच उसूको डेमो देखाइएको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । भजन मण्डलीको समेतको प्रस्तुती रहेको कार्यक्रममा विभिन्न जातजातीको प्रस्तुतीले कार्यक्रम रोचक बनेको थियो । मंसिर ६ गतेबाट संचालन भएको महोत्सव १७ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया