अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र मातहतका कार्यालयहरूमा ढड्डा हाजिरी हटेको छ । सन्धिखर्क नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालय मातहतका सबै कर्मचारी शिक्षकले बिहान कार्यालय प्रवेश गर्दा र काम सकेर फर्कँदा ई–हाजिरी गर्न थालेका छन् ।
सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारी एक सय ५९ जना र नगरभित्रका १० वटा माध्यमिक विद्यालयका दुई सय ५७ जना शिक्षकरकर्मचारीका लागि ई–हाजिरी लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । कर्मचारीले अब ढड्डामा हाजिरी गर्न नपर्ने उहाँको भनाइ छ ।
आधारभूत तहका विद्यालयमा पनि छिट्टै यो हाजिरी प्रणाली लागू हुने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया