मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ को वडा कार्यालय भवनको शिल्यानास गरिएको छ । सोमबार नगर प्रमुख अजय थापा र वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरीले वडा कार्यालय भवनको शिल्यानास गरेका हुन् ।
आउँदो असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन समयमै सम्पन्न हुनेमा वडा अध्यक्ष चौधरी विश्वस्त छन् ।
वडाको आफ्नै प्रशासनिक भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको र भवन निर्माण भएपछि समस्या समाधान हुने उनले बताए । साँघुरो भवनबाट कामकाज गर्न समस्या भइरहेको उनले बताए ।
रु एक करोड २२ लाखमा ठेक्का आह्वान भएपनि ठेकेदारले ८६ लाख ५० हजारमा ठेक्का सम्झौता गरेको छ ।
प्रतिक्रिया