मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुका ६ पालिकामा भोलि सार्वजनिक बिदा हुने भएको छ ।
जिल्लाका ६ पालिकाले कार्तिक शुक्ल पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । बिहिबार एक सुचना जारी गर्दै पालिकाले स्थानीय विदा दिएका हुन् ।
जिल्लाको कपिलवस्तु नगरपालिका, महाराजगंजनगरपालिका, कृष्णनगर नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । यसैगरी मायादेवी, सुद्धोधन र यशोधरा गाउँपालिकाले पनि विदा दिएका हुन् ।
पालिका स्तरीय निर्णयानुसार पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अतिआवश्यक सेवा बाहेक), शिक्षण सस्थाहरुमा स्थानीय बिदा दिइएको सुचनामार्फत जनाईएको छ ।
प्रतिक्रिया