९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विजयनगरले नागरिकको उपचारमा ५० प्रतिशत रकम व्यहोर्ने



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले उपचार खर्चको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम मार्फत पालिकाबासीको उपचारमा लाग्ने कुन रकमको ५० प्रतिशत रकम व्यहार्ने भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाबासी कोही पनि स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस भन्ने उद्धेश्यले पालिकाले चालु आवमा यस्तो कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार कुल बिमाङ्क् रकमको ५० प्रतिशत रकम पालिकाले भुक्तानी गर्नेछ ।

त्यसका लागि स्वास्थ्य बीमा बोर्ड तौलिहवा र गाउँपालिका बीच एक सम्झौता भएको छ ।

पालिबासी यो कार्यक्रममा जोडिनका लागि आफ्नो पायक पर्ने वडा र पालिका मुकाममा पुगेर थप प्रक्रिया बुझ्न सक्नेछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१ बुधबार ००:००  ११ : २१ बजे