९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा अपहरण मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि पक्राउ



कपिलवस्तु ।

कपिलवस्तुमा अपहरण मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि पक्राउ परेका छन् । मंगलबार वडा प्रहरी कार्यालय चन्द्रौटाले ३८ बर्षिय अब्दुल मुस्तफा मियालाई नियन्त्रणमा लिएको हो । उनिलाई जिल्ला अदालत कपिलवस्तुले २०७६ असार २ गते दोषी ठहर गरेको थियो ।

अदालतको फैसलापछि मिया फरार थिए । शिवराज ४ चनै घर भएका उनलाई १ वर्ष ५ महिना २ दिन कैद र१५ हजार जरिवाना सजाय तोकिएको थियो ।

मंगलबार बिहान वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलिले उनलाई पक्राउ गरी कारवाहीको लागि जिल्ला अदालत पेश गरिएको प्रहरी निरिक्षक सुजन शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१ बुधबार ००:००  ८ : २८ बजे