कपिलवस्तु ।
जिल्लाको बाणगंगा नगरपालिका ६ मा अवस्थित प्रसिद्ध धार्मिक क्षेत्र लक्ष्मणघाटमा हरेक वर्ष लाग्ने पूर्णिमा मेलाको यस वर्ष पनि हुदैंछ । लक्ष्मणघाट बोलबम धाम बिकास समितीको आयोजना, लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सहआयोजना र बाणगंगा नगरपालिका वडा नं.६ संरक्षक रहने गरि उक्त मेला कात्तिक ३० गते देखि मंसिर २ गतेसम्म हुन लागेको हो ।
मेलाको तयारी तीब्र रुपमा भईरहेको आयोजकले जनाएको छ ।
यस वर्षको मेला कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म लक्ष्मणघाट माविको प्राङ्गणमा लाग्ने मेला आयोजक समितिका संयोजक रण बहादुर काउचाले जानकारी दिए ।
हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुदैँ आएको वडा नं.६ का वडाध्यक्ष करुण टण्डनले बताए । उनले यस क्षेत्रको प्रचार प्रसार सँगै यहाँको सांस्कृतिक विकासका लागि यो मेला महत्वपूर्ण सावित भएको बताए ।
विशेष गरी यहाँ मेला भर्न कपिलवस्तुसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, दाङ, रुपन्देही तथा छिमेकी राष्ट भारतबाट समेत भक्तजनहरु आउने गरेका वडाअध्यक्ष टण्डनले बताए ।
यस पटकको मेला तथा सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु समेत आउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया