७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सिद्धार्थ क्याम्पसको १४ औं क्याम्पस सभा सम्पन्न



कपिलवस्तु ।
सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुको १४ औं क्याम्पस सभा सम्पन्न गरेको भएको छ ।

क्याम्पस सभालाई लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेस सभा सदस्य बिष्णु पन्थीले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री पन्थीले नेपालका उच्च शिक्षामा विभिन्न चुनौतिहरु थपिएको बताए । उनले पढाइलाई नयाँ ढङ्गले लैजान शिक्षक आफै लाग्नुपर्ने बताउदै विद्यार्थीलाई जिज्ञासु तथा आफै पढ्न सक्ने बनाउनुपर्ने बताए ।

सांसद पन्थीले लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पढाई अत्यन्तै न्यून रहेको बताए । उनले नेपालको शैशिक संस्थाहरु खस्कदै गएको बताउँदै विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले शिक्षा क्षेत्रमा सिद्धार्थ क्याम्पसले कपिलवस्तु जिल्लामा ठूलो फड्को मार्न सफल भएको बताए । उनले पछिल्लो समय धेरै क्याम्पसहरु सञ्चालन हुँदै गर्दा विद्यार्थी विदेश तर्फ पलायन भएको बताए ।

यस्तै क्याम्पस सञ्चालक समितिका अध्यक्ष डम्मर शर्माले पछिल्लो अवस्थामा कतिपय विषयहरुमा पूर्ण कालिन रुपमा राखेका प्राध्यापकहरुलाई विषय दिन नसक्ने अवस्था सिर्जना भएको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१ शनिबार ००:००  ९ : १७ बजे