७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

तिहारमा ८ सय जुवाडे पक्राउ, २ करोड बरामद, ६४९ सवारी दुर्घटना



काठमाडौं ।

तिहारको बेलामा जुवातास खेल्ने करिब ८ सय जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

तिहारका समयमा कुनै ठूलो अप्रिय घटना नघटोस् भन्दै प्रहरीले सादा पोशाकसहितका प्रहरीसहिसत देशभर संक्रियता बढाएको थियो।

८ सय जुवाडेको साथबाट करिब झन्डै पौने दुई करोड रकम समेत बरामद भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।

प्रहरीको सक्रियता बढे पनि जुवातास र अवैध रूपमा पटाकाको चोरी निकासी भने मौलाएको थियो। ठाउँ ठाउँमा पटकाहरू पड्काउनेहरूको कमि भने थिएन। प्रवक्ता कार्कीका अनुसार तिहारमा अवैध रूपमा पटाका पड्काउने ५९३ जना पनि समातिएका थिए। तिहारको अवधिमा मापसे लापसे गरेर देउसी भैलो खेल्ने क्रममा २१४ वटा झैझगडाका घटना भएको प्रहरीले जनाएको छ।

तिहारमा पनि रोकिएन दुर्घटना

प्रहरीले चाडबाडका बेला सचेतना अभियान चलाए पनि सवारी दुर्घटना भने रोकिएनन्। तिहारमा भएका सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको कार्कीले जानकारी दिए।

तिहारमा मात्रै साना ठूला गरेर करिब ६४९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १ हजार एक सय ३१ जना घाइते भएको उनले बताए।

प्रकाशित मिति : २३ कार्तिक २०८१ शुक्रबार ००:००  ६ : ०० बजे