७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

प्रधानमन्त्री ओली अस्वस्थ



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए । बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१ मंगलबार ००:००  ४ : २८ बजे