६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

कपिलवस्तुमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ



मायादेवी अनलाइन, पचेहरा ।

कपिलवस्तुमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा बस्ने ३८ वर्षिय त्रियुगी केवटलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई २०८० असोज २५ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्धामा ७ वर्ष कैद सजाय तोकिएको थियो । केवट अदालतको फैसला संगै फरार थिए ।

केवटलाई यहि कार्तिक १३ गते इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले पचेहरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१ बिहिबार ००:००  ९ : १५ बजे