१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

कृष्णनगरमा कर सहयोगीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न



कपिलवस्तु ।

कृष्णनगर नगरपालिकाको कृष्णनगरमा करको विषयमा कर सहयोगीहरु संग अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा आर्थिक विधेयक २०८१ ले गरेका केहि बिशेष छुट तथा सहुलियतहरुको बुदाहरुमा छलफल गरिएको सूचना अधिकारी हेम्बराज न्यौपानेले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपालमा उत्पादन हुने आलु,प्याज,तथा स्याउको कारोबार गर्ने व्यक्तिले विक्रम संवत् २०८१ साल जेष्ठ १४ गते सम्म त्यस्तो कारोबार गरे बापत लाग्ने मूल्य अभिवृद्धि कर संङ्कलन नगरेको भए त्यस्तो करमा र सो कारोबारमा आन्तरिक राजस्व कार्यालयबाट कर निर्धारण भई बुझाउन बाँकी रहेको मूल्य अभिवृद्धि कर र सोमा लागेको ब्याज,थप दस्तुर र जरिवाना मिनाह भएको श्री राज गौतमले जानकारीदिनु भयो ।

कार्यक्रममा आयोजक तर्फवाट जग्गुलाल खनालले ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिलाई करमा विक्रम संवत् २०७६ साल देखि २०७८ साल जेष्ठ १४ गते सम्म दर्ता भएका वा नभएकाहरुलाई एक प्रतिशतले २०८१ साल मंसिर मशान्त सम्म रकम दाखिला गरे बाँकी कर थप दस्तुर र जरिवाना मिनाहहुने र पच्चीस प्रतिशतले हुने रकम विक्रम संवत २०८१ साल फागुण मसान्तसम्म बुझाए आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संगका केन्दिय सदस्य जम्शेर अलि मियाँले सरकारले व्यापारीहरुलाई व्यापारको वातावरण बनाउन नसकेको प्रति दुख व्यक्त गर्दै सरकारले व्यापारीहरुको विषयमा ठोस कदम नचालेको गुनासो गर्नु व्यक्त गर्नु भयो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख सुजित कुमार सिंहले व्यापारीहरुलाई करमा थप दस्तुर ब्याज र जरिवानावाट बच्न समयमा कर बुझाउन आग्रह गर्नु भयो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१ बुधबार ००:००  ९ : ३६ बजे