मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा ठगी मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाँउपालिका ३ निवासी ३९ वर्षका मो. महमुद आलम लाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो ।
उनलाई जिल्ला अदालतले २०८० कार्तिक ६ गतेको फैसला अनुसार ठगी मुद्धामा ११ महिना ९ दिन कैद तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले घर नजिकैबाट पक्राउ गरी जिल्ला अदालत कपिलवस्तुमा पेश गरी आजै कारागार चलान गरीएकोृ छ ।
प्रतिक्रिया