अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेका छन् ।
सन्धिखर्क नगरपालिका–१ मा भएको पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।
बिरामी पर्नेहरुमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्नेलगायतका लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिनुभयो । फुड पोइजनका कारण उनीहरु बिरामी परेको हुनसक्ने र सबैको अवस्था सामान्य रहेको डाक्टर तिवारीले बताउनुभयो ।
बिरामीमध्ये ३२ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क र एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । दुई जना उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया