९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

लुम्बिनी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्ने



काठमाण्डौ ।

लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि यसबर्ष ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ ।

बर्दियाको प्रमुख आकर्षण बाघ हो । जङ्गल सफारी गरेर बाघलगायतका जङ्गली जनावर हेर्न सकिने बर्दियाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ ।

यस्तै बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन पनि पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ । बर्दियामा कृष्णसार पनि देख्न सकिन्छ । कृष्णसार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल हुँदै आएको छ ।

नीति तथा कार्यक्रममा समावेश भएको अभियानले बर्दियामा पर्यटकको सङ्ख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्य रहेको लुम्बिनीका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताउनुभयो ।

यो अभियान आउँदो २९ गतेदेखि शुरु हुनेछ । बर्दियाको ठाकुरद्वारामा अभियानको सुरुवात गर्ने तयारी छ । एक वर्षे अभियानमा प्रदेश सरकारले बर्दियाका पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी दिने गरि प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१ शनिबार ००:००  ३ : ३१ बजे