९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

बिवादित लक्ष्मणघाट क्षेत्रमा विद्युतको लाइन विस्तार : ४१ वटा पोल जडान



मायादेवी अनलाइन, काेपवा ।
स्थानीयको विवादका कारण लामो समयदेखि अवरुद्ध लक्ष्मणघाट सुठौली गाउँमा विद्युत लाइन विस्तार आजदेखि सुचारु भएको छ । पटक पटक छलफल गर्दा पनि पालिका, स्थानीय स्तरमा सहमती नहुँदा लक्ष्मणघाट सुठौली विद्युत लाइन विस्तार हुन सकेको थिएन । स्थानीय गाउँले बीच नहरको बाटो वा गाउँको बाटो भन्ने विषयमा लामो समयसम्म विवाद भएको थियो । स्थानीय प्रहरी प्रशासनको उपस्थितीमा विद्युत प्राद्यिकरण तौलिहवाले विजुलीको पोल गाड्ने काम अघि बढाएको हो । वाणगंगा ६ स्थित लक्ष्मणघाट गाउँदेखि सुठौलीसम्म ४१ वटा विद्युतको पोल विस्तार गरिएको कायार्लय प्रमुख गौरव पाण्डेले जानकारी दिए ।

३३ केभिको प्रसारण लाइन मोतिपुर देखि तौलिहवा विस्तार गर्ने क्रममा कोपवा ६ का स्थानीयले विवाद गरेका थिए । यो लाइन विस्तार भएपछि यशोधरा, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिका क्षेत्रमा लो भोल्टेज, समय समयमा विद्युत अवरुद्ध, रुख ढल्ने समस्या अन्त्य हुने इन्जिनियर तिलकराम चौधरीले मायादेवी अनलाइनलाई बताए । उनले भने, अव दक्षिणी भेगका जनताको विद्युत समस्या अन्त्य हुन्छ, आगामी दिनमा विद्यूत अवरुद्ध हुँदा खेप्नु परेको समस्या र ग्राहकको गाली कम हुन्छ ।

कपिलवस्तु नगरपालिकाको अधिकांश क्षेत्रमा विद्युतको पोल तार लाइन विस्तार भैसकेको छ । बाँकी कुश्मा क्षेत्रमा भोली नै गरिने बताइएको छ । कपिलवस्तुको विद्युत क्षेत्रमा उल्लेखनीय प्रगतीको योजना अवरुद्ध हुँदा कतिपयले विकास विरोधी गतिविधी भएको भन्दै आलोचना गरेका थिए । लक्ष्मणघाट सुठौली क्षेत्रमा पोल विस्तार गर्दा स्थानीय व्यक्तिलाई कुनै समस्या नपर्ने गरी विद्युत पोल गाडिएको इन्जिनियर चौधरीले बताए । जग्गावालाकै रोहबरमा कुनै अप्ठ्यारो नपर्नेगरी छलफलका आधारमा साध मिलाएर विद्युत पोल गाडिएको उनले बताए । अवरोध विना विद्युत पोल गाडिएको छ, अहिले कुनै पनि समस्या छैन चौधरीले भने। विगतमा जंगलबाटो भएर लामो दुरी हुँदा कम भोल्टेज हुने गरेको थियो ।
विद्यतु लाइन विस्तार गर्न खोजेपछी स्थानीयले रोक्ने क्रममा वाणगंगा ६ कि एक महिला घाइते भएकी थिइन् । उनको पिपरा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१ बिहिबार ००:००  ७ : ३५ बजे