८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

गोरुसिङ्गेमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, पाँच जना घाइते



कपिलवस्तु ।
कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

बिहीबार बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो ।

वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा सोही नगरपालिका वडा नं. १० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको छ ।

घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर र एक जना नाम नखुलेका पुरुष रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१ बिहिबार ००:००  ११ : ५४ बजे