८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

कपिलवस्तुमा सवारी दुर्घटना, एक जनाको निधन



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको निधन भएको छ ।

बुधबार बेलुका भएको दुर्घटनाबाट एक जना घाइते भएका छन ।

अर्घाखाँचीबाट दिल्लीतर्फ जाँदै गरेको लु २ ख २१४२ नम्बरको बस र विपरीत दिशाबाट आएको रा ७ प ३४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका–४, मौरिघाटका करिब २७ वर्षीय मोटरसाइकल चालक लिलाराम कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शाहले बताउनु भयो ।

सोही मोटरसाइकलमा सवार सोही ठाउँका २९ वर्षीय खुसीराम चौधरी घाइते भएका छन ।

चौधरीको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ । घाइतेलाई थप उपचारका लागि संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा पठाइएको छ ।

प्रहरीले बस र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१ बिहिबार ००:००  ११ : ३० बजे