८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

बुद्धभूमि ५ को मदरसा आधारभूत विद्यालयमा २ कोठे भवन उद्घाटन



मयादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि ५ मा अवस्थीत मदरसा आधारभूत विद्यालयमा २ कोठे भवन उद्घाटन गरिएको छ । बुधबार नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले एक कार्यक्रमकाबीच भवन उद्घाटन गर्नुभएको हो ।

भवन निर्माणका लागि संघिय सरकारले १६ लाख ६९ हजार ८ सय ११, प्रदेशबाट ४ लाख ८५ हजार १ सय ४८ र स्थानीय तहको १ लाख ६५ हजार गरी कुल २९ लाख ८५ हजार २ सय ९९ रुपैया अनुदान प्राप्त भएको थियो ।

कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले मदरसामा भवन निर्माण पछि विद्यार्थीको अध्ययनमा सहजहुने भन्दै पढाईको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । भौतिक विकासले मात्र शिक्षाको लक्ष्य पुरा नहुने भन्दै गुणस्तरमा ध्यान दिन सबै शिक्षकहरुमा आग्रह गर्नुभयो ।

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापाले वडाले यहाँको सम्रग शिक्षालाई विशेष महत्व दिएको भन्दै आगामी दिनमा पनि शिक्षालाई प्राथामिता दिने बताउनुभयो । अहिलेको समयमा शिक्षाबाट कोहिपनि बञ्चित नहोस भन्नका लागि आफुहरु लागि परेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष हजरत अलि मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय समाजसेवी राम प्रसाद उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजिवी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१ बुधबार ००:००  ७ : १९ बजे