७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमाले भूमिकास्थानको अध्यक्षमा श्रेष्ठ



अर्घाखाँची ।
नयाँ नेतृत्वको चयन गर्दै नेकपा एमाले भूमिकास्थान नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले नेकपा एमालेका युवा नेता राजकुमार श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटीको सर्वसम्मत चयन गरेको छ ।

अध्यक्ष श्रेष्ठ नेकपा एमालेको दुई कार्यकाल जिल्ला सदस्य भई सकेका नेता हुनुहन्छ । अघिल्लो कार्यकाल भूमिकास्थान वडा नं. ८ को वडा अध्यक्ष निर्वाचित भई कामकाज गरेका उहाँ यस पटकको निर्वाचनमा झिनो मत अन्तरले पराजित हुनुभएको थियो ।

उहाँ बहुचर्चित गर्वेनुवाकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी अधिवेशनले उपाध्यक्षमा हरिबहादुर केसी, सचिव इश्वरी प्रसाद मरासिनी, उप-सचिव मेघबहादुर थापा र सीता थापालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य बोमबहादुर बिकले नेकमा एमाले बाट मात्र विकास र समृध्दि संभव भएको बताउनु भयो ।

गत निर्वाचनमा नेकपा एमालेलाई सबै दल मिलेर घेराबन्दी गरेकै कारण एमालेले बहुमत ल्याउन नसकेको भन्दै उहाँले एमालेको बहुमतको सरकार नभएका कारण मुलुकले बिभिन्न खाले समस्या झेल्नु परेको बताउनुभयो ।

वर्तमान सरकारको पहिलो काम भ्रटाचार,अनियमितता र ढिलासुस्तिलाई निर्मुल पार्नु भएको भन्दै उहाँले जस जसले जतिसुकै रोहिलो गरेपनि सरकार सुशासन र सामाजिक न्यायको पक्षमा दृढता पुर्वक उभिने दाबी गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री र जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले आउने निर्वाचनमा नेकपा एमालेले सजिलै एकल बहुमत ल्याउने बताउनु भयो ।

भूमिकास्थान समेत अब नेकपा एमालेको किल्ला भएको भन्दै नेता द्वयले जनताको मन जितेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । अब कुरा मात्र गरेर जनताले साथ नदिने भन्दै उहाँहरुले जनताको हरेक दुखसुखको सारथी बन्न कार्यकर्ताको ध्यानाकर्षण समेत गराउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल, प्रतिनिधिसभाका सदस्य समेत रहनु भएकी प्रदेश कमिटी सदस्य बिजुला रायमाझी, एमाले जिल्ला कमिटी उप-सचिव खगेश्वर पन्थी र एमाले भूमिकास्थान नगर कमिटीका सहजकर्ता रेशम थापाले मुलुकमा नेकपा एमालेको विकल्प छैन भन्ने कुरा भूमिकास्थानमा भएको नेकपा एमाले प्रतिको आकर्षणले प्रमाणित गरिदिएको बताउनु भयो ।

उहाँहरुले हरेक दुःख-सुखमा जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेकी नेतृ पवित्रा पौडेलले पछिल्लो समय नेकपा एमालेले गरेको प्रगति र नेताहरुको खटाईले आफूलाई निकै खुसी लागेको बताउनु भयो ।

उहाँले आफूले जीवन समर्पण गरेको पार्टी प्रति जनताको समर्ण र माया देख्दा निकै उत्साहित भएको बताउनु भयो । नेतृ पौडेलले एकथोपा रगत रहेसम्म नेकपा एमालेको पक्षमा वकालत गरिरहने बताउनु भयो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१ बुधबार ००:००  ११ : २७ बजे