७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नारायण खनाल पुनः नेपाल समाजवादी पार्टीमा आवद्ध



मायादेवी अनलाइन, बाणगंगा ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको साथ छाडेर पछिल्लो दिन स्वतन्त्र बसेका नारायण खनाल पुनः नेपाल समाजवादी पार्टीमा जोडिएका छन् ।

पोखरामा यहीँ कार्तिक ५ र ६ मा भएको पार्टीको पहिलो विधान सम्मेलनबाट नेता खनाल नेसपामा जोडिन पुगेका हुन् ।

नेसपाका संयोजक समेत रहेका डा. भट्टराईले खनाल पुनः पार्टीमा जोडिएको भन्दै सामाजिक सञ्जालबाट स्वागत गर्दै खुसी व्यक्त गरेका छन् ।

कपिलवस्तु घर भएका नेता खनाल नेकपा (माओवादी) बाट बाबुराम भट्टराई पक्षधर हुँदै आएका छन् ।

तत्कालिन जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई बीच विवाद बढ्दै गएपछि नेसपा गठनमा पुगेका भट्टराईसँग खनाल फेरि जोडिएका हुन् ।

पछिल्लो समय नेता खनाल नागरिक पहिलो अभियानमा सक्रिय थिए । डम्बर खतिवडा लगायतका नेतासँग रहेका खनाल पोखराबाट पुनः नेसपामा सामेल भएका हुन् ।

बैचारिक नेताको रुपमा चिनिएका खनालले आफू नेसपामा सक्रिय रहने मायावेदी अनलाइनलाई बताए ।

खनालले भने,“मेरो, राजनैतिक लिगेसी, भावना र बिचारको प्रतिनिधित्व गर्ने पार्टी र नेतृत्व यही नै हो । तर, देशमा साँचो अर्थको प्रगतिशील लोकतान्त्रिक बिकल्प दिने प्रश्नमा खरो उत्रिन नसकेका कैयौं प्रश्नहरु हाम्रो अगाडि रहेको कुरा पनि त्यतिकै सत्य हो । त्यो कुरालाई निकट भविश्यमै ब्यवहारद्धारा पुष्टि गर्ने प्रतिबद्धतासहित डा. बाबुराम भट्टराईसंङ्ग नै आजदेखि पुनः सक्रिय हुने निष्कर्षमा पुगेको छु ।”

प्रकाशित मिति : ७ कार्तिक २०८१ बुधबार ००:००  ११ : २० बजे