६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

सडक अवरोध नगर्न बुद्धभूमि नगरको अनुरोध, अटेरी गरे कारवाही गरिने



मयादेवी अनलाइन, बुद्धभूमि ।

बुद्धभूमि नगरपालिका भित्रका सडक अवरोध नगर्न नगरपालिकाले आग्रह गरेको छ । नगर अन्तरगत पर्ने महेन्द्र राजमार्ग तथा अन्य सहायक बाटोमा सडक अवरोध गर्दा दुर्घटना बढेको ब्यापक जनगुनासो पछि नगरपालिकाले मंगलबार यस्तो सुचना जारी गरेको हो ।

नगरका विभिन्न क्षेत्रका बाटो किनारमा पशुचौपाया बाध्ने, सडकका नाली अतिक्रमण गर्ने, निर्माण सामग्रीहरु (ढुङ्गा, गिट्टी, बालुवा, छड ) आदि राख्ने गरेको पाइएको छ । यस्तै विस्कुन सुकाउने, धान पराल राख्ने साथै धान थ्रेसर लगाएर सडक अवरोध गर्दा आवतजावतमा समेत समस्या भई दुर्घटनाको जोखिम बढेको छ ।

नगरबासीलाई बारम्बार सुचना जारी गर्दा समेत अटेरी गरेकाले अबको ७ दिन भित्र सडक अवरोध हटाउन नगरपालिकाले अल्टिमेटम दिएको हो ।

नगरको सुचनालाई बेवास्ता गरी अतिक्रमण गरेको पाइएमा नगरपालिकालेनै अवरोध हटाउने र सो वापतको खर्च असुल गर्ने चेतावनी दिएको हो । पछिल्लो समय भित्री सडकहरुमा नै धान थ्रेसर लगाउने, बाटोमै धान सुकाउने गर्दा आवतजावतमा समस्या भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१ मंगलबार ००:००  ७ : ३२ बजे