६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कपिलवस्तुमा स्रोत नखुलेको २० लाख भारु सहित २ भारतीय पक्राउ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा स्रोत नखुलेको २० लाख भारु सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका २ लिंकगेटबाट २० लाख ५० हजार भारतीय रुपैया सहित २ जनालाई पक्राउ गरिएको हो ।

सोमबार साझ भारतबाट नेपाल तर्फ आउदै गरेको युपी ४५ ए.एस ६६६३ नम्बरको गाडीबाट स्रोत नखुलेको ८ लाख भारु सहित भारत महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबई सिटि बस्ने ३३ बर्षिय सलमान कुरेसिया पक्राउ परेका हुन् ।

यसैगरी यु.पी ४२ डिटी ५७२१ नम्बरको गाडीबाट सोही ठाँउ बस्ने ३९ वर्षिय उमेश सखाराम खंडाग लाई भारु १२ लाख ५० हजारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो ।

उनिहरुले भाडाको गाडी प्रयोग गरेको जनाइएको छ । पक्राउ परेका दुबै जनालाई अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१ मंगलबार ००:००  ८ : ४६ बजे