६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

५५ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ



दाङ ।
दाङमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ परेका छन्।

गढवा गाउँपालिका-१ बडहरा घर भएका ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१ आइतबार ००:००  २ : ११ बजे