६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हरायो



एजेन्सी ।
भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ । भारतले दिएको १ सय ७ सामान्य लक्ष्य न्यूजिल्याण्डले पाँचौं दिनको आधाभन्दा बढी खेल बाँकी रहँदै २ विकेट गुमाएर पूरा गर्‍यो ।

दोस्रो इनिङमा उसका लागि अविजित रहेका विल योङले ४८ र रचिन रवीन्द्रले ३९ रन बनाए । यस्तै, डेभन कन्वेले १७ रन जोड्दा कप्तान टम लाथम शून्यमै आउट भए । बलिङमा भारतका लागि जसप्रित बुमराहले मात्र दुई विकेट लिन सके ।

पहिलो इनिङमा न्यूजिल्याण्डले ४ सय २ रन बनाउँदै ठूलो अग्रता लिएको थियो । उसका लागि रचिन रवीन्द्रले १३४, डेभन कन्वेले ९१, टिम साउथीले ६५, विल योङले ३३, डारेल मिचेलले १८ र कप्तान टम लाथमले १५ रन बनाए ।

भारतका लागि बलिङमा रवीन्द्र जडेजा र कुलदीप यादवले तीनरतीन, मोहम्मद सिराजले दुई तथा जसप्रित बुमराह र रविचन्द्रन आश्विनले एकरएक विकेट लिए ।

बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियमा टस जितेर ब्याटिङ रोजेको भारत ४६ रनमै अलआउट भयो । भारत घरेलु मैदानमा यति कम स्कोरमा अलआउट भएको यो पहिलोपटक हो । उसका लागि पहिलो पारीमा ऋषभ पन्तले २० र यशस्वी जैसवालले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भारतको पारी ध्वस्त पार्नेक्रममा न्यूजिल्याण्डका लागि म्याट हेनरीले पाँच, विलियम ओ’रोर्केले चार तथा टिम साउथीले एक विकेट लिए । भारतले दोस्रो इनिङमा भने राम्रो कमब्याक गर्दै ४ सय ६२ रन बनायो । उक्त पारीमा सरफराज खानले १९५ बलमा १८ चौका र तीन छक्कासहित सर्वाधिक १५० रन बनाए ।

यस्तै, ऋषभ पन्तले ९९, विराट कोहलीले ७०, कप्तान रोहित शर्माले ५२, यशस्वी जैसवालले ३५ र रविचन्द्रन आश्विनले १५ रन जोडे । न्यूजिल्याण्ण्डका लागि बलिङमा म्याट हेनरी र विलियम ओ’रोर्केले तीनरतीन तथा ग्लेन फिलिप्स र टिम साउथीले एकरएक विकेट लिए ।

यो जितपछि तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ । यी दुई टिमबीचको दोस्रो टेस्ट २४ अक्टोबरदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१ आइतबार ००:००  १ : ४६ बजे