२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु



बुटवल ।

दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिन जान लागेको रा१ख १८५७ नम्बरको टिपर घोराही तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा बिहीबार राति सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१ शुक्रबार ००:००  ८ : ५८ बजे