२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

शिवराजद्धारा प्लाष्टिकजन्य मालाको प्रयोगमा रोक



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिकाले तिहारमा प्लाष्टिकजन्य मालाको प्रयोग तथा किनबेचमा रोक लगाएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै स्थानीय फूलमालाको प्रयोगमा जोड दिएको हो ।

प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ प्लाष्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदुषणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने र यहाँका स्थानीय कृषकद्धारा उत्पादित फूलले बजार नपाउने भएकाले प्लाष्टिकजन्य मालाको विक्रि वितरणमा रोक लगाइएको हो ।

साथै सयपत्री, गोदावारी र मखमली फूलको प्रयोग गरी स्थानीय रुपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्दै ठूलो धनराशी बाहिरिन रोक्नुपर्नेमा जोड दिइएको छ । नगरपालिकाको सुचनाको बेवास्ता गरी प्लाष्टिकजन्य सामग्रीको प्रयोग तथा विक्रि वितरण गरेको पाइएमा उक्त सामान जफत गरी कानुन बमोजिम जरिवाना हुने चेतावनी दिएको छ ।

वातावरणमैत्री र स्थानीय उत्पादनलाई समेत प्रर्बद्धन हुने भएकाले प्राकृतिक रुपमा उत्पालित पुस्पगुच्छाको प्रयोग गर्न मेयर अजय थापाले सबैमा आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१ शुक्रबार ००:००  ८ : ३६ बजे