२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

आजबाट महिला साफ च्याम्पियनशिपः उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै



काठमाण्डौ ।

आजदेखि महिला साफ च्याम्पियनशिप शुरु हुँदैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।

अन्तिम अपडेटस् कात्तिक १, २०८१

प्रकाशित मिति : १ कार्तिक २०८१ बिहिबार ००:००  ८ : ५० बजे