२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

हुग्दी खोलामा १० हजार भुरा माछा छोडियो



गुल्मी ।

रुरु हाइड्रोपावर परियोजनाले गुल्मीको हुग्दी खोलामा भुरा माछा छोडेको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर ४ शान्तिपुर स्थित हुग्दी खोलामा दश हजार माछाका भुरा छाडिएको हो ।

पछिल्लो समय विभिन्न कारणले खोलामा माछाको संख्यामा पनि कमी हुँदै गएको छ ।

परियोजनाले सामाजिक उत्तरदायित्व स्वरुप भुरा माछा छोडेको जनाएको छ । रुरु हाइड्रोपावर परियोजनाले गरेको यो कार्यले पर्यावरण जोगाउन मद्दत हुने चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।

हुग्दी खोलामा जाल हान्ने, विषादी प्रयोग गरी माछा मार्ने, तथा करेन्ट हान्ने जस्ता गतिविधिहरु नगर्न गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१ बिहिबार ००:००  ८ : ४४ बजे