२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमाला रोक



पाल्पा ।

रामपुर नगरपालिले नगर क्षेत्रमा प्लाष्टिकका फूलमालामा रोक लगाएको छ । किसानले उत्पादन गरेको फूल र माला बेच्न सजिलोका लागी बाहिरबाट आउने प्लास्टिकका मालालाई रोक लगाएको रामपुर नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले सकेसम्म नगरपालिका क्षेत्र भित्रका किसानले उत्पादन गरेका प्राकृतिक फूल मालाको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्लास्टिकका फूल मालाले वातावरण प्रदुषण गराउने भएकाले रोक लगाएको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले जानकारी दिनुभयो । अनुगमनका क्रममा प्लास्टिकजन्य फूल र माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१ सोमबार ००:००  २ : २४ बजे