२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

ट्रम्पको र्‍याली नजिकै बन्दुकसहित एक जना पक्राउ



एजेन्सी ।

अमेरिकाका निवर्तमान राष्ट्रपति एवम् आउँदो चुनावमा राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको र्‍याली नजिकैको बन्दुक र लोड गरिएको पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । क्यालिफोर्नियाको कोचेलामा ४९ वर्षीय भेम मिलरले गाडी चलाएर ट्रम्पको र्‍याली तर्फ जान खोजिरहेका थिए । प्रहरीले सुरक्षा जाँच गर्दा उनको साथबाट दुई वटा हतियार बरामद गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी गोप्य सेवाले ट्रम्प कुनै खतरामा नरहेको भन्दै घटनाले सुरक्षात्मक कार्यमा कुनै असर नगरेको बताएको छ । साथै यस घटनासँग हत्याको प्रयासको कुनै सङ्केत नरहेको सुरक्षा अधिकारीले बताएका छन् ।

घटना ट्रम्प स्टेजमा चढ्नुभन्दा एक घन्टा अगाडि भएको थियो । त्यसपछि चुनावी स्टेजमा भाषण गर्न आउँदा ट्रम्पलाई कडा सुरक्षाका दिइएको खबरमा उल्लेख छ । अमेरिकामा अर्को महिना राष्ट्रपति पदका लागि चुनाव हुँदैछ ।

प्रकाशित मिति : २८ आश्विन २०८१ सोमबार ००:००  ८ : ५५ बजे