२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

प्राधिकरणले ४९ उद्योगको सूची सार्वजनिक गर्दै भन्यो– कात्तिक ८ भित्र बक्यौता बुझाउनू



काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न ४९ वटा उद्योगलाई पुनः ताकेता गरेको हो । यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीले महसुल तिर्न अटेरी गर्दै आएका छन् । आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१ बिहिबार ००:००  ९ : ३४ बजे