२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

कृषिको आधुनिकीकरणमा जोड



कपिलवस्तु ।

कृषिमा आधुनिकीकरणमा आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाई कपिलवस्तुले आयोजना गरेको सार्वजनिकरण गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

परियोजनाले जिल्लाको कृषि उत्पादनमा जोड दिएको बताउदै यसले समग्र जिल्लाको कृषि क्षेत्रमा जोड दिनु पर्ने बताउनुभयो । साथै उहाँले धान दिवस मनाइरहदा किसानलाई कसरी रोप्ने कति रोप्ने लगायत असल अभ्यासको बारेमा सिकाउनु पर्ने बताउदै रोपेको धानको उत्पादन कस्तो भयो त्यो पनि हेर्न आवश्यक रहेको बताउनुभयो । माटो अनुसारको बालि सिफारिस गर्न सकेमा उत्पादनमा बृद्धि गर्न सकिने बताउनु भयो ।

आधुनिकरणका प्रमुख सहसराम चौधरीले २०८१,८२ को कार्यक्रम सार्वजनिक गर्दै बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै परियोजनाबाट संञ्चालित कार्यक्रमबाट देखिएको उल्लेखनिय उपलब्धिको बारेमा समेत बताउदै कृषिमा युवाहरुलाई जोड दिएको बताउनु भयो । कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायिक गर्न आवश्यक रहेको बताउदै यसमा सबैको सहकार्य र समन्वय रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा रमेश कुर्मी, स्थानिय तहका कृषि शाखा प्रमुख, कृषि तथा पशु सेवा शाखा प्रमुख तथा प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ लगायको उपस्थिति रहेको थियो ।

आधुनिकरणका प्रमुख सहसराम चौधरीको अध्यक्षता, खरिदार सरस्वति पौडेयालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चलान कृषि प्राविधिक निरज खनालले गर्नु भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१ मंगलबार ००:००  ८ : ३२ बजे