काठमाण्डौ ।
नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज २ करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । बाढी, पहिरो र डुबानका कारण प्रभावित नागरिकको राहतका लागि बैंकले यो सहयोग गरेको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानूनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो ।
यसअघि शुक्रवार विभिन्न वित्तीय संस्थाबाट गरी ३ करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गएको सोमवारको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रारम्भिकरूपमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । रासस
प्रतिक्रिया