काठमाडौं ।
सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा पुनः स्थापना, पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिने गरिन्छ । त्यसका लागि खरिद प्रक्रिया पनि सरल हुन्छ ।
यी हुन् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहस्
कोशी प्रदेश
१. पाँचथर
फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका ।
२.ओखलढुङ्गा
चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका ।
३.उदयपुर
बेलका नगरपालिका ।
बागमती प्रदेश
४.धादिङ
बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका ।
५. दोलखा
गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिका ।
६.रामेछाप
मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका ।
७.सिन्धुपाल्चोक
भोटेकोशी गाउँपालिका ।
८. ललितपुर
बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका ।
९. काभ्रेपलाञ्चोक
रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका ।
१०.सिन्धुली
गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका ।
११.मकवानपुर
इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिका ।
१२. चितवन
भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ।
यी स्थानीय तहमा पर्ने राजमार्ग क्षति भएको, सडक सञ्जाल विच्छेद भएको, नदीको तटीय क्षेत्र डुबानमा परेको, पुल बगाएको, विद्युत् र टेलिफोनको टावर तथा पशुचौपाया र कृषि क्षेत्रमा क्षति पुगेकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया