१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आज पनि अवरुद्ध छन् यी सडक



काठमाडौँ ।

गत साता आएको बाढी पहिरोका कारण केही सडकहरू अझै सुचारु हुन सकेका छैन । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१ शुक्रबार ००:००  ९ : १६ बजे