१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आज कहाँ-कहाँ पर्छ पानी ?



काठमाडौं ।

देशका केही भूभागमा शुक्रबार वर्षको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा दक्षिण(पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१ शुक्रबार ००:००  ७ : २२ बजे